नक्कली नेपाली तथा भारतीय रुपैयाँ सहित ३ जना पक्राउ
बाराकाे महागढीमाई नगरपालिका-२ बरियापुरस्थित सडक किनारबाट नक्कली १५ लाख ४४ हजार ४ सय नेपाली रुपैयाँ र नक्कली १ लाख ८३ हजार ६ सय ५० भारतीय रुपैयाँ सहित ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया ठेगाना भएका २५ वर्षीय सुधिर कुमार कुशहवा, बारा सिम्रनगढ नगरपालिका-४ ठेगाना भएका २६ वर्षीय मनोज साह तेली र बारा आदर्श कोटवाल गाउँपालिका- ६ पटेर्वा ठेगाना भएका ३० वर्षीय नरेन्द्र प्रसाद कुशहवा रहेका छन् ।
उक्त स्थानमा अवैध लागूऔषध तथा नक्कली नोट कारोवार गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडक किनारमा ना.५४ प ३८०५ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई फेला पारी शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकको वोरा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको नक्कली रुपैयाँ बरामद भएको हो ।
उनीहरुको साथबाट नक्कली नेपाली रूपैयाँ १ हजार दरको १ हजार ४ सय ७० थान, १ सय दरको ७ सय ४४ थान तथा भारतीय नक्कली रुपैयाँ ५ सय दरको २ सय ९७ थान र र ५० दरको ७ सय ३ थान प्रहरीले बरामद गरेको हो ।
उनीहरुलाई बरामद नक्कली रुपैयाँ तथा ना.५४ प ३८०५ नम्बरको मोटरसाइकल समेत आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...