सीमा क्षेत्रवाट १४ किलो गाँजा वरामद

सीमा क्षेत्रवाट १४ किलो गाँजा वरामद

भारततर्फ चोरी निकासी गर्न लागेको १४ किलो गाँजासहित दुईवटा मोटरसाइकल प्रहरीले आज बरामद गरेको छ ।

मोरङको जहदा गाउँपालिका –३ नेपाल–भारत सीमा क्षेत्रबाट दुईवटा मोटरसाइकलसहित १४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । .
नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा भारततर्फ चोरी निकासी गर्न लागिरहेको अवस्थामा प्रहरीलाई देखेपछि झोलामा प्याक गरेको गाँजा र मोटरसाइकल छोडेर उनीहरु फरार भएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा फरार गाँजा तस्करको खोजी कार्य भइरहको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.