अवैध लागूऔषधसहित पक्राउ

अवैध लागूऔषधसहित पक्राउ

 

सुनसरी, कोशी गाउँपालिका-८ भाण्टाबारीबाट नियन्त्रित लागूऔषध १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्स सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-१० चिप्लेटीबाट अवैध लागूऔषध २ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय दिपक तितुङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले ना.४४ प ६९२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तितुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, डुडुवा गाउँपालिका-५ कमरासाबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका-५ गोरधुई बस्ने २४ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिका-११ बस्ने ४२ वर्षीय बिसराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय बनकट्टी ‘क’ बाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.