भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट पक्राउ

भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट पक्राउ

लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ (जुवा) खेलाएर ५० लाख ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

हरीले प्यूठान नौवाहिनी गाउँपालिका-४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय डुबलाल घर्तीमगर र इमाडोल बस्ने नौवाहिनीकै २० वर्षीय सुनिल पुनमगरलाई पक्राउ गरेको हो।

घर्तीमगरलाई नक्सालबाट र पुनमगरलाई इमाडोलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महानगरीय अपराध महाशाखाका अनुसार दुवैविरूद्ध आधा दर्जन व्यक्तिले ठगी निवेदन दिएका छन्। यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.