अनैतिक सम्बन्धका कारण हत्या, तीन जना पक्राउ
कपिलवस्तु नगरपालिका-८ पूर्व डिह बेलौहवा बस्ने १८ वर्षीय बिजय बहादुर कुर्मीको हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार रहेका छन् ।
सोही ठाउँस्थित पोखरीमा असार ७ गते बिजय मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिजयको बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको, सोही कारण बास्मतीका पति अनिल समेतले १ महिना अगाडि बिजयलाई कुटपिट गरेको, असार ४ गते बिहान अनिल बिवाहबाट फर्केर घरमा आउँदा बिजयलाई आफ्नो कोठामा देखेपछि अनिल, रमेश र बास्मती तीनै जना मिलेर घाँटी कसी तथा कुटपिट गरी हत्या गरेपश्चात पोखरीमा शव फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत कपिलवस्तुबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...