
सवारी साधन चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ
मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जना गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भई हाल भक्तपुर नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर नगरपालिका-२ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका-८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका-८ लिवाली घर भएका २० वर्षीय साईन भन्ने रमेश कोजु रहेका छन् । यसैगरी चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।
भक्तपुर नगरपालिका-१० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बिकको भे.७ प ४४१३ नम्बरको मोटरसाईकल गत जेठ ३० गते हराएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी बा.७१ प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका-१५ बस्ने रबीन्द्र नेपालको बा.३६ प १५८८ नम्बरको स्कुटर समेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपश्चात स्कुटर खरिद गर्ने २ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...