
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुन्दर लामाको कोठाबाट नगद ४ लाख रुपैयाँ र ४ आना सुनको मगलसुत्र शनिबार बिहान चोरी भएको छ ।
अपरिचित व्यक्तिले कोठाको ताला फुटाई चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने घनश्याम मैनालीको घरबाट १ थान टिभि, ४ थानको सुनको बाला र नगद २० हजार रुपैयाँ समेत गरी करिब २ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोका फोडी सामान चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
अरु समाचार
दीपक मनाङे पक्राउ, जेल चलान
राजीब गुरूङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन्। काठमाडौं जिल्ला ...
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइद...
त्रुटिरहित जिम्मेवारी पुरा गर्न एआईजी बज्र...
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राच...
डिभी भर्न नक्कली शैक्षिक प्रमाणपत्र पेश
नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजन...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...