सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिए

सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिए

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् ।

डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.