कार प्रयोग गरेर ब्राउन सुगरको कारोबार

कार प्रयोग गरेर ब्राउन सुगरको कारोबार

सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.