इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

इराकमा १२ नेपालीकाे हत्या भएको त्यो दिन

आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो । इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।

नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ ।
यो । उहाँसँग मोबाइल फोन नभएकाले मालिकले नै घरमा फोन सम्पर्क गराउने गरेको विनिताले बताउनुभयो । अहिले त मालिक पनि सम्पर्कमा नभएको विनिताले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.