बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-५ मंगलदिप बस्ने ईलाम घर भएका ४३ वर्षीय टंक नाथ कट्टेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र ६० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बिर्तामोड झापाबाट पक्राउ गरेको हो । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी सिभिल बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट उक्त फैसला भएको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.