
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।
मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो । घरमा झा कि श्रीमती, बुहारी र सानो नाती रहेको बताइएको छ ।
लुटेराले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल तेर्स्याएर हल्ला गरे गोली हान्ने धम्की दिँदै एक घण्टाभन्दा बढी समय कब्जामा लिएर लुटपाट गरेको पीडितले बताएका छन् ।
पीडित झाका अनुसार ५ लाख बराबरको नगद तथा गरगहना लुटेका छन् । झाका छोराहरु काठमाडौंमा रहेका बेला घरमा लुटपाट भएको हो ।
छोराहरुको कोठामा रहेको नगद र गरगहना कति थियो लुटिएको वा नलुटिएको उनीहरु आएपछि थाहा हुने परिवारका सदस्यहरुले बताएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अरु समाचार
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
२ केजी सुनसहित २ जना पक्राउ
रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहे...
रातो पासपोर्ट काण्ड
पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गरेको थियो । सु...
बलात्कार गरी हत्या गरेको १२ वर्षपछि जो समातिए
काठमाडौं, १३ असार कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हे...