एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

क्राइमन्युज संवाददाता

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका ४ बस्ने ३४ वर्षिय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक साधु महतोको कमाण्डमा खटिएको एपीएफ टोलीले सो ठाउँमा हिजो बेलुका जाँच गर्ने क्रममा स. ४ प ६७२२ नम्बरको मोटरसाइकलमा सवार  यादवको साथमा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले  यादवलाई बरामद हतियार र उक्त मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.