सुनसरीमा मृत अवस्थामा ज्ञानबहादुर सुनवार
सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् ।
इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा डेरा गरी बस्दै आएका सुनवार घरको दुई तलामाथिबाट झरेर मरेको अनुमान गरिएको छ । शरीरमा एक थान भित्री कपडाबाहेक अन्य कपडा नलगाएको अवस्थामा मृत फेला परेका सुनवारको शरीरमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले बताएको छ ।
सुनवारसँगै आइतबार राति ११ बजेतिर सुतेका रबि फ्रेस हाउसमा नै कार्यरत गोपाल श्रेष्ठ र सुरज लिम्बूले आफूहरुसँग सुतेको र सुनवारले मादक पदार्थ सेवन गरेकाले उनी कतिखेर कसरी तल झरे भन्ने कुरा थाहा नभएको र अहिले बिहान भुइँमा मृत देखिएको बताएका छन् । सुनवारको लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद रहेको प्रहरीले अनुमान लगाएको छ ।
मृत फेला परेका सुनवारको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र त्यसको प्रतिवेदन आएपछि मात्र उनको मृत्युको कारण खुल्न सक्ने प्रहरीले अनुमान गरेको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...