खोलामा धकेलेर युवतीको हत्या गर्ने पक्राउ
सुर्खेतमा युवती हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–२, सालकोटकी २१ वर्षीया गीता चपाईको हत्याको अभियोगमा फरार रहेका सुर्खेतको बराहताल गाउँपालिका–८, कुनाथरीका १९ वर्षीय सुवास बोहरा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको संयुक्त अनुसन्धानका क्रममा सुवासलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो । हत्याको बारेमा प्रहरीले आइतबार यहाँ सार्वजनिक गरेको छ । फोन र फेसबुकको विस्तृत विवरणका आधारमा सुवासलाई काभ्रेपलाञ्चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। चपाईको हत्या गरेको भोलिपल्ट सुवास सुर्खेतबाट भागेर काभ्रेपलाञ्चोक गएको प्रहरी प्रमुख चतुर्वेदीले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नुअघि सुवास काभे्रपलाञ्चोक जिल्लाको भुम्ती गाउँपालिका–४, पोखरीचौबासमा मजदुरी गरी बसेका थिए । हत्या भएको एक महिनापछि २०७४ साल माघ ९ गते पञ्चपुरी नगरपालिका–८, जामुने वनमा गीताको कंकाल फेला परेको थियो । त्यसपछि गीताको शव खोजी गर्ने क्रममा टाउकोको कंकाल, एउटा खुट्टाको हड्डी, कपाल, कपालमा लगाएको क्लिप, एक जोडा कपडा, चप्पल फेला परेको चतुर्वेदीले बताए ।
हत्या अभियोग लागेका सुवासलाई २०७४ साल चैत २८ गते काभ्रेमा पक्राउ गरी गत शनिबार सुर्खेत ल्याइएको हो । सुवासले गीतालाई पुस ४ गते राति खोलामा धकेलेको प्रहरीलाई बयान दिएका छन । २०७४ साल पुस ४ गते राति सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटकी चपाईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...