गाँजा तस्करीमा इन्धन बोक्ने ट्यांकर

गाँजा तस्करीमा इन्धन बोक्ने ट्यांकर

गाँजा तस्करीमा इन्धन बोक्ने ट्यांकर प्रयोग भएको पाइएको छ।लागु औषध नियन्त्रण ब्युरोले गाँजा तस्करीमा इन्धन बोक्ने ट्यांकर प्रयोग भएको बताएको छ।

ब्युरोका डिआइजी ठुले राईले १६० केजी चरेश बनाउने चिप्पड गाँजासहित ना ४ ख ५३६८ नम्बरको ट्यांकर बरामद गरिएको बताए। काठमाडौंमा इन्धन अनलोड गरेर धादिङ गई काठमाडौं आउने क्रममा गाँजा बरामद गरिएको उनले बताए।

चन्द्रागिरी ३ झ्याप्लेखोलाबाट गाँजासहित २ जना इमानसिंह स्याङबो र सोमबहादुर थोकरलाई पक्राउ गरिएको उनले बताए। थोकर चालक हुन् ।

धादिङको पुरानो गाउँ र आँखीटारबाट गाँजा ल्याएको र नौबिसे,हेटौंडाहुदैँ सर्लाहीबाट त्यो चिप्पड भारत तस्करी गर्न लागिएकोे प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.