कटुवा पेस्तोल, गोली सहित पक्राउ 

कटुवा पेस्तोल, गोली सहित पक्राउ 

हेटौडा उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय जोकर मोक्तानलाई कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले  ३ थान, सुतली बम १ थान, नलकटुवा पेस्तोलमा लाग्ने गोली ११ राउण्ड र थ्रीनटर्थी राईफलको गोली १ राउण्ड, पटका १० थान,  मोबाईल १ थान, लाईट ३ थान, प्रहरीको चुस्ता १ थान बरामद गरेको छ।

हेटौडा महानगरपालिका–३ पुर्व पश्चिम राजमार्गको तिन ताप्के भन्ने स्थानमा प्रहरी चौकी लेवर्टबाट खटिएको प्रहरी टोलीले बिहीबार सवारी साधन चेक गर्ने क्रममा नम्वर नखुलेको म्याजिक भ्यानमा आएका ३‌‌‌‌‌/४ जना व्यक्तिहरु झरेर भागेपछि प्रहरीले पिछा गर्दै जाँदा मोक्तानलाई उक्त सामान सहित फेला पारेको हो ।

फरार अन्य व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.