महाकालीमा हाम फालेकी महिलाको मृत्यु
महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् ।
ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिनुभयो ।
मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन् । मृतक महिला केही दिन अघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक कोलीको शव जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक लालबहादुर साउदको नेतृत्वमा गएको टोलीले प्रहरी मुचुल्का तयार पारी परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याइएकोमा परीक्षणपछि शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...