भारतीय रुपैयाँ सहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

भारतीय रुपैयाँ सहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित ग्यारेजपुलबाट बैशाख ९ गते एपीएफ टोली र नेपाल प्रहरीले भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

भारतको बगाहा घर बताउने ३८ वर्षिय कृष्ण मरहुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा मरहुको साथमा भारतीय रुपैयाँ ५ सयको नोट ४ सय वटा र २ हजार दरको नोट २ सय वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मरहुलाई आवश्यक कारवाहीको लागि बरामद भारतीय रुपैयाँसहित स्थानीय प्रहरीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.