यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो
यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो ।
यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उहाँ भन्नुहुन्छ, “पहिले आर्थिक उपार्जन केही नहुने ठाउँमा पनि अहिले बैंकिङ संस्था धमाधम खुल्दै छन् ।”
विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा समेत यार्सागुम्बाले कर्णाली प्रदेशमा ठूलो परिवर्तन आएको देखाएको छ । धेरै जिल्लाका अधिकांश बासिन्दा यार्सागुम्बामाथि आश्रित भए पनि यसअघि यार्सागुम्बासम्बन्धी कुनै पनि अध्ययन भएको थिएन । यार्सागुम्बाको बढ्दो संकलनसँगै नार्कले केही समय पहिलेबाट अध्ययन थालेको हो । अहिले यार्सागुम्बाको प्रकार, पाटन खाली हुँदै जानुको कारण, संरक्षणका उपायसँगै आर्थिक र सामाजिक पाटोमा अध्ययन शुरु गरिएको छ । अहिले विभिन्न चरणका छलफल भइरहेको पौडेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यार्सागुम्बाको वास्तविक अवस्था पत्ता लगाउनु र संरक्षणको उपाय खोज्नु हाम्रो उद्देश्य हो ।” विश्व बजारमा धेरै माग गरिँदै आएको यार्सागुम्बा दार्चुला, बझाङ, डोल्पा, हुम्ला, ताप्लेजुङलगायत जिल्लामा वैशाखदेखि असारसम्म संकलन गरिन्छ ।
–––
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...