एसिड खनाई दिन्छु भन्दै नगद लुटपाट

एसिड खनाई दिन्छु भन्दै नगद लुटपाट

काठमाडौँ कलंकी घर भएका ४४ वर्षीय राजेन्द्र बस्नेतले काठमाडौं महानगरपालिका–१३ कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) बाट सोमबार नगद ३ लाख रुपैयाँ लुटपाट भएको छ ।

ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई अपरिचित व्यक्तिले एसिड भनि पानीको बोतल देखाई काउन्टरको पैसा नदिएमा एसिड खनाई दिन्छु भनेर धम्काई उक्त नगद लुटपाट गरेको बताइएको छ ।

फरार लुटेराको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.