पुरुष मृत अवस्थामा फेला

पुरुष मृत अवस्थामा फेला

सप्तरी रुपनी गाउँपालिका–६ स्थित खाँडो पुल नजिक आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नाम, थर खुल्न नसकेका करीब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.