केरा फाँडेको आरोपमा तीन पक्राउ
पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खोजी कार्य तीव्र पारिएको थापाले जानकारी दिनुभयो । उनीहरुको पहिचान भने खुलाइएको छैन ।
प्रारम्भिक जानकारीअनुसार लागूपदार्थ (नशा)को सुरमा उनीहरुले केरा काटेर नष्ट गरेको जानकारीमा आएको भन्दै थापाले अन्य कारण बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
सो घटनाको अनुसन्धान तथा दोषीलाई पक्राउ गरी कारबाहीका लागि अहिले इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाको नेतृत्वमा टोली परिचालन गरिएको छ । पक्राउ परेका तीनैजना रत्ननगर प्रहरीको हिरासतमा छन् ।
अज्ञात समूहले सोमबार राति १२ जना केरा किसानको तीन हजार ९४ बोट केरा बगानमै पसेर नष्ट गरेको थियो । अनुमानित रु १५ लाख ४७ हजारको केरा नष्ट भएको जानकारी दिँदै चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले दोषी पत्ता लगाई कारबाहीको माग गर्नुभएको छ ।
केरा किसान नवराज धितालको १५० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३००, देवीप्रसाद गोतामेको ५०, शंकर अम्गाईको २५० र ध्रुव आचार्यको ३५ बोट केरा नष्ट भएको छ ।
यस्तै, कोपिला दाहालको एक हजार २००, गोपी लामिछानेको २००, गोविन्द दाहालको ५०, लिला पंगेनीको १५०, पूर्णबहादुर खड्काको ९७ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघले जनाएको छ ।
–––
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...