बलात्कार गरेको आरोपमा नुनिया पक्राउ

बलात्कार गरेको आरोपमा नुनिया पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी सम्सी गाउँपालिका–४ बाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–४ का लक्ष्मेश्वर महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको सम्बन्धमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

पक्राउ परेका नुनियामाथि जबर्जस्तीकरणी मुद्दा चलाएको छ । उनलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान कारबाही अगाडि बढाएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.