सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला
सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो ।
नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।
बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी अझै नभेटिएको प्रहरीले जनाएको छ । विद्यालय छुट्टीको दिन सुनकोशी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जनाइएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...