क्यासिनोमा जुवा खेल्ने र खेलाउने व्यक्ति पक्राउ

क्यासिनोमा जुवा खेल्ने र खेलाउने व्यक्ति पक्राउ

काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका ६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

गैरकानुनी रुपमा नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उपत्यकामा संचालित ७ वटा क्यासिनोमा छापा मार्दा उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐन अनुसार कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु पठाइएको सो महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.