ठक्कर दिने टिपरका सवारी चालक पक्राउ
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका चालक सुचिकारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रसार्इंले बताउनुभयो ।
काभ्रेबाट काठमाडौँतर्फ आइरहेको बा३ख ६६७४ नंको टिपरले सोही दिशामा आइरहेको बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा भक्तपुर लोकन्थलीका ५० वर्षीय हरिबहादुर कटुवाल, दोलखा मेलुङ घर भई हाल मध्यपुर थिमी–१ बस्ने वर्ष ४२ का सविता घिमिरे र सविताकै छोरा १३ वर्षीय अरविन घिमिरे रहेका थिए ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...