खैरो हिरोइनसहित तीन पक्राउ

खैरो हिरोइनसहित तीन पक्राउ

महानगरीय प्रहरी परिसरले खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरको छ ।

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त स्वयम्भूले चौमती पुल नजिक लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा बाँकेका १९ वर्षीय दिलीप गिरी, बाँकेकै २३ वर्षीय विकास केसी र काठमाडौँका २० वर्षीय रिवाज लामालाई पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका तीन जनालाई परिसरले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुसँग ९५ ग्राम ७ मिलिग्राम हिरोइन बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले स्वयम्भू इलाकामा लागुऔषध बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा खोजतलास गर्दा तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । “पक्राउ परेकासँग सोधपुछ गर्दा सहमतिको आधारमा बिक्री वितरण गर्न हिँडेको खुलाएका छन्,” उहाँले भन्नुभयो ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.