बंगलामुखी आयल स्टोरमा शिलबन्दी

बंगलामुखी आयल स्टोरमा शिलबन्दी

नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डभन्दा कम डिजेल विक्रि वितरण गर्ने ‘न्यू बगलामुखी आयल स्टोर’लाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले आज डिजेल वितरण पम्पको नाप मापदण्डभन्दा कम भेटिएकाले सानो भर्याङमा रहेको उक्त आयल स्टोरलाई शिलबन्दी गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बंगलामुखी आयल स्टोर सानो भर्याङ, मकालु आयल स्टोर कलंकी र हामा आयल स्टोर स्वयम्भूमा गरिएको अनुगमनमा दुईवटा आयल स्टोर मापदण्डभित्र रहेको र बंगलामुखी आयल स्टोरलाई शिलबन्दी गरिएको बताउनुभयो ।

यसैगरी विभागले मंगलबार उपत्यकाका दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.