खान र धोबीविरुद्ध मुद्दा

 खान र धोबीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका इलेक्ट्रिकल इञ्जिनीयर निसार अहमद खान र कार्यालय सहायोगी गिरवललाल धोबीविरुद्ध रु १५ हजार घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार विद्युत् मिटर नामसारी गरी नयाँ जडान गर्ने कार्यका लागि एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अभियोगमा खानलाई पक्राउ गरिएको थियो ।

घुस माग्न सहयोग गरेको अभियोगमा कार्यालय सहयोगी गिरवलाल धोबीसमेत पक्राउ परेका हुन् । उनीहरुसँग बिगो असुल गरी कैद सजायँको माग गरिएको आयोगले जनाएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.