फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरीको हिरासतमा रहेका चखेली गाउँपालिका–३ का लोकन्द्र बडूलाई सार्वजनिक गरिएको हो । उनी यही जेठ २५ गते बिहान ३ बजे हिरासतबाट फरार भएका थिए ।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको नेतृत्वमा सिमकोट बजार अनुगमन गर्दा स्थानीय बजारमा सडेको २७ किलोग्राम मासु फेला पारी नष्ट गरिएको छ । स्थानीय व्यापारीले उक्त मासु नेपालगन्ज–सुर्खेतबाट ल्याएको पाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.