पेस्तोल देखाएर लुटपाट तथा चोरी गर्ने तीन पक्राउ
प्रहरीले पेस्तोल देखाएर लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत फागुनमा सूर्यविनायकमा पेस्तोल देखाई लुटपाट गरी फरार लुटेरा समूहका दुई जना पक्राउ गरेको हो ।
प्रहरीले रामेछापका ‘टोकल’ भन्ने रोहितबहादुर थापामगर र सिन्धुपाल्चोकका ‘अदिप’ भन्ने टोकलबहादुर तामाङलाई काठमाडौँबाट पक्राउ गरेको महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताउनुभयो । मध्यराति रामबहादुर तामाङको डेराभित्र प्रवेश गरेका उनीहरुले रु १६ लाख ७९० बराबरको धनमाल डकैती गरेका थिए ।
यसैगरी उपत्यकाका व्भििन्न स्थानमा मोटरसाइकल चोरी कार्यमा संलग्न वर्ष ३५ को लालबहादुर थापा मगरलाई महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।
पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालत काठमाडाँै पठाइएको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...