सुन तस्करीको नयाँ रुप, सुटकेशको पाङ्ग्रामा हालेर तस्करी

सुन तस्करीको नयाँ रुप, सुटकेशको पाङ्ग्रामा हालेर तस्करी

सोमबार त्रिभुवन विमानस्थलमा सुन तस्करीको नयाँ रुप देखा परेको छ।  थाइल्याण्डबाट काठमाडौं ओर्लिएका ५ जना भारतीय नागरिक तस्करीको ४ हजार ८ सय ७० ग्राम सुनसहित पक्राउ परे ।

उनीहरुले नयाँ तरिका अपनाएर सुन तस्करी गरेको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार हरमिन्दर सिंह, अमिल पल, इश्वर दास, अवतार सिंह, रिजवान अब्देलले सुटकेशको पाङ्ग्रामा हालेर सुन तस्करी गरेका थिए।

उनीहरुबाट बरामद गरिएको सुनको बजार मुल्य १ करोड ४७ लाख रुपैयाँको छ।

यसअघि विमानस्थलबाट गोप्य अंगहरुमा हालेर, पेटमा हालेर, जुत्तामा सोलमा हालेर, बट्टाहरुमा तरल बनाएर सुन तस्करी हुने गर्दथ्यो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.