चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

जनकपुर उपमहानगरपालिका-१९ श्रीपुर बस्ने ५० बर्षीय रामबृक्ष यादवको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोहि ठाउँ बस्ने ५० बर्षीय अरुणकुमार यादव र उनका ३० बर्षीय छोरा अतिसुन्दर यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अरुणकुमार र अतिसुन्दरले रामबृक्ष  र उनको छोरा २८  बर्षीय राम सोगारथ यादवलाई ट्युबेल पानीको बिषयलाई लिएर झगडा हुँदा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रामबृक्षको उपचारको क्रममा अंचल अस्पताल जनकपुरमा मृत्यु भएको हो । राम सोगारथको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.