हत्यामा संलग्न १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ ।

साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता निशान थापाले आज जानकारी दिनुभयो ।

विश्वासको २०६० मंसिर ७ गते हत्या भएको थियो । हत्या भएको लामो समय भए पनि घटनामा संलग्नलाई गाउँघरबाटै पक्राउ गर्न प्रहरी सफल भएको थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरेर गारीलालको हत्या गरेका थिए ।

घटनामा संलग्न तीनै जनाको नामै किटान गरिएको जाहेरी प्रहरीमा परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता देखिएकाले कर्तव्य ज्यान मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.