हराएका एक व्यक्ति मृत भेटिए

हराएका एक व्यक्ति मृत भेटिए

तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको आज शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर धारा भिरको बाटो हँुदै घर फर्केका उनी मादकपदार्थ सेवनको कारण लडेको हुनसक्ने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

मृतक पुन घरदेखि आठ किलोमिटर टाढा रहेका आफन्तको घरमा गएका थिए । घटनाका जानकारी पाउने बित्तिकै सदरमुकाम लिवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले शव निकाली अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको थियो ।

लामो समयसम्म घर नफर्केपछि परिवारका सदस्यहरुले खोजी गर्दासमेत भेट्टाउन सकेका थिएनन् । गाउँलेहरुको सहयोगमा खोजी कार्य जारी राख्दा खोल्सामा कुहिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.