स्कुटरसहित ९ लाख चोरी

स्कुटरसहित ९ लाख चोरी

काठमाडौं महानगरपालिका–२८ कालिकास्थानस्थित पाथ सेट कन्सलटेन्सी अफिस पछाडि स्कुटरबाट ९ लाख चोरी भएको छ।

सुनसरी ईटहरी उपमहानगरपालिका–६ घर भई हाल काठमाडौं अनामनगर बस्ने स्वेता उप्रेतीले पार्किङ गरी राखेको बा ५०प ७६६३ नम्बरको स्कुटर र सो स्कुटरको डिक्की भित्र रहेको नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको प्रहरीले बताएको छ।

चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.