चोरी कार्यमा संलग्न पक्राउ

चोरी कार्यमा संलग्न पक्राउ

काठमाडौं महानगरपालिका-१४ कलङकी चोकस्थित धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाबाट नगद लगायतका बिभिन्न धनमाल चोरी कार्यमा संलग्न ४ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-७ चैनपुरका ३५ वर्षीय सुरेश भन्ने डण्ड बहादुर परियार, काठमाडौं स्यूचाटार बस्ने चितवन भरतपुर महानगरपालिका-३ का २४ वर्षीय कृष्ण थापा,काठमाडौं कपन वस्ने सिन्धुली तिनपाटन गाउँपालिका-७ का ३२ वर्षीय रामकाजी सुनुवार र काठमाडौं सानोभर्‍याङ वस्ने भारत मोतिहारी खरुवा-७का २४ वर्षीय अवधेश शाह रहेका छन् ।

काठमाडौं उपत्यकामा रहेका बिभिन्न सहकारी संस्थाहरुमा चोरीका घटनाहरुको अनुसन्धान गर्ने क्रमामा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिएका विभिन्न धनमाल सहित पक्राउ गरेको हो ।

उनीहरुबाट पानी तान्ने मेसिन ५ थान, सेफ २ थान, ल्यापटप २ थान,क्यामरा ४ थान,बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुको चेकबुक १८ थान,चोरी गर्न प्रयोग भएको  बा.२ ज ८५७ नम्बरको मारुती टयाक्सी र एलईडी टिभि १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.