एयर गनसहित पक्राउ
नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक थान एयर गन र सोको ३४ राउण्ड गोलीसहित विकलाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एयर गनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । जाँचका क्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
यस्तै जाजरकोट भेरी नगरपालिका–९ कै १६ वर्षीय दीपक विकको साथबाट पनि प्रहरीले फलामको साङ्लो बरामद गरेको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...