पाँच किलो चरेश भेटियो

पाँच किलो चरेश भेटियो

बागलुङ, बडीगाड गाउँपालिका–७ सिरखरीबाट प्रहरीले आज दिउँसो अवैध लागुऔषध चरेश बरामद गरेको छ ।

स्थानीय रणबहादुर विकको बारीमा बेवारिसे छोडिएको झोला जाँच गर्दा पाँच किलो चरेश भेटिएको प्रहरीले जनाएको छ । चरेशसँगै झोलामा ज्याकेट, सल, चुरोट, लाइटर र बिस्कुट फेला परेको छ ।

शङ्कास्पद झोला देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चरेश कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको भीमगिठे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले बताउनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.