सुनको सिक्रि लुटपाट गर्ने पक्राउ

सुनको सिक्रि लुटपाट गर्ने पक्राउ

सुनका सिक्रीहरु लुटपाट तथा चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१६ ईखालखु घर भएका ३० वर्षीय शैलेश ताम्राकार र ललितपुर महानगरपालिका-१७ लुखुशी बस्ने २५ वर्षीय लोलिन काजी महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

विगत केही समय देखि ललितपुरमा स्कुटर प्रयोग गरी सर्वसाधारणहरुको सुनका सिक्रीहरु थुति लुटपाट तथा चोरी गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई चोरी गरी नम्बर प्लेट समेत परिवर्तन गरी प्रयोग गर्दै आएको २ थान स्कुटर र लुटपाट एवं चोरी गरी संकलन गरेको सिक्री, लकेट तथा सुन तौल गर्ने मेसिन १ थान सहित ललितपुर महानगरपालिका-१६ गाःवहालबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.