हत्याको विरोधमा बजार बन्द

हत्याको विरोधमा बजार बन्द

नेपाल तरुण दल रोल्पा नगरपालिका सभापति रोहित पुनको हत्यारालाई कानूनी दायरामा नल्याएसम्म नेपाली काङ्ग्रेस रोल्पाले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

काङ्ग्रेसले सदरमुकाम लिवाङमा आज सम्पन्न गरेको विरोध कार्यक्रममा पार्टी सभापति अमरसिहं पुनले हत्यारालाई कारवाही नभएसम्म आन्दोलनलाई निरन्तरता दिइ राख्ने बताउनुभएको हो ।

राजनीतिक संरक्षणमा तरुण नेता रोहितको हत्या भएको आरोप लगाउँदै उहाँले हत्यारालाई उन्मुक्ति दिने चलखेल भइरहेको आरोप लगाउनुभयो । सभापति पुनले हत्यामा संलग्न केही व्यक्ति अझै पक्राउ पर्न नसकेको भन्दै पक्राउ परेकालाई पनि छुटाउने गरी राजनीतिक दबाब आउन थालेकोमा दुःख व्यक्त गर्नुभयो ।

आइतबार बेलुका ४ः४५ बजे सुलिचौरमा हत्या गरिएका तरुण नेता रोहितको परिवारले शव बुझ्न मानेका छैनन् । अपराधीहरु खुलमखुल्ला हतियारसहित हिँड्दासमेत सुरक्षा निकाय मुकदर्शक भएर बसेको आफन्तले आरोप लगाएका छन् ।

हत्याको विरोधमा नेपाल तरुण दल रोल्पाले आज बन्दको आयोजना गरेको थियो । बन्दकै क्रममा पार्टी कार्यकर्ताले सरकार विरोधी नारा जुलुस गर्दै नगर परिक्रमा गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.