बलात्कार अभियुक्त पक्राउ

बलात्कार अभियुक्त पक्राउ

जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरी आज नुवाकोट ल्याइएको छ ।

गत असार २७ गते १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी भागेका अभियुक्त तादी गाउँपालिका–१ उर्लेनीका विनोद तामाङलाई काठमाडौंँको भृकुटीमण्डप क्षेत्रबाट गए राति पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

अभियुक्त तामाङलाई आज अदालतमा पेश गर्दा अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ । तामाङले किशोरीलाई घरमा कोही नभएको बेलामा जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।

तामाङविरुद्ध पीडित पक्षले गत असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । पक्राउ परेका तामाङमाथि जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.