जवरजस्ती करणी गरेको अभियोगमा सर्लाही र काभ्रेपलान्चोकबाट १/१ जना पक्राउ

जवरजस्ती करणी गरेको अभियोगमा सर्लाही र काभ्रेपलान्चोकबाट १/१ जना पक्राउ

जवरजस्ती करणी गरेको अभियोगमा सर्लाही र काभ्रेपलान्चोकबाट १/१ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्य सर्लाही ईश्वरपुर नगरपालिका-१४ स्थित हरिपुर्वा नगरपालिका-३ बस्ने २५ वर्षीय वाहाजुल अंसारी छन् । अंसारीले भदौ १८ गते सोही ठाउँ बस्ने २३ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जवरजस्ती करणी गरेको अभियोगमा काभ्रे बनेपा नगरपालिका-७ चारदोबाटोस्थित जय महाकाली स्विट एण्ड चाट हाउसमा काम गर्ने रामेछाप बेथान-२ घर भएका २५ वर्षीय अर्जुन भन्ने विबेक खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सोही चाट हाउसमा काम गर्ने  बाराकी ४० वर्षीया महिलालाई भर्याङ मुनी धाक धम्की दिई जबरजस्ती करणी गरेको भन्दै ईलाका प्रहरी कार्यालय बनेपामा उजुरी परेपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.