पोखरामा कार चोरी

पोखरामा कार चोरी

कार चोरी गरेको अभियोगमा पोखरा महानगरपालिका-१० मिलनटोल घर बताउने २३ वर्षीय बिशाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने अमरबिक्रम थापाको बा.२० च २१०२ नम्बरको हाईलक्स कार मंगलबार चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सोही महानगरपालिका-१३ काँहु खोलामा उक्त गाडी सहित सुनारलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.