गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ
भारतमा लुकिछिपी बसेका गैंँडाको खाग तस्कर १० वर्षपछि पक्राउ परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती–१० रतौलीका ईश्वरीप्रसाद महतोलाई शुक्रबार पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ ।
विसं २०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंँडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता भएको थियो । विसं २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला गरेको थियो । अर्काे मुद्दामा पनि १५ वर्ष कैद र रु ८० हजार जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । महतोलाई शुक्रबार नै जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...