हातहतियार सहित पक्राउ

 हातहतियार सहित पक्राउ

सुनसरी बराह नगरपालिका-११ बस्ने ३५ वर्षीय श्यामदेव मण्डललाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्यागाजिन २ थान र १ राउण्ड गोली सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-८ स्थित चेक प्वाईन्टमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले धरानबाट ईटहरीतर्फ जाँदै गरेको को.२८ प ७१८४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक मण्डलले कमरको भागमा लुकाई बोकेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.