ज्यान मार्ने उद्योगमा फरार  पक्राउ

ज्यान मार्ने उद्योगमा फरार पक्राउ

महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले विसं २०६३ मङ्िसरमा कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यान मार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बस्नेत यसअघि लागुऔषध र ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइसकेका व्यक्ति भएको परिसरले जनाएको छ ।

१५ जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रु सात लाख १५ हजार ४०० नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–८ गैरीगाउँका जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा आज बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टोखाका रमेशबहादुर श्रेष्ठ, शङ्कर खत्री, रविन कार्की, युवराज अधिकारी, रञ्जन ढकाल, हरि जोशी, अविक राई, भोजपुरका टेकेन्द्र कार्की, चितवनका रमेश भुजेल, महेश भुजेल, दिनेश लामा मोरङका कुलबहादुर दाहाल र गोरखाका सविन गुरुङ रहेका छन् । वृत्तका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले कौडा एक सेट र एक बुक ताससहित पक्राउ गरेको जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.