ठूलो परिणामा चरेस नष्ट
जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५ किलो चरेस बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा आज उक्त चरेस नष्ट गरिएको हो । सो समयमा प्रहरी गस्तीबाट पक्राउ परेका अभियुक्त मनसेज्या पुजारा, मोहनचन्द र रणबहादुर भन्ने रनी चन्दलाई तत्कालीन जिल्ला न्यायाधीशबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क)को कसुरमा सोही ऐनको दफा १४ (१) क) बमोजिम सजायका लागि माग दाबी रहेको थियो । उनीहरुका साथबाट पाँच किलो ५०० ग्राम चरेस फेला परेको थियो । मोहन चन्द तत्कालीन समयमा फरार रहेका थिए । पछि निजलाई २०४९ सालको असोजमा प्रहरीले पक्राउ गरेर मुद्दा अगाडि बढाएको थियो ।
सोही समयमा प्रहरीले अर्को समूहको आइते धामी, सर्पे धामी, सौउरे जाग्री र नरबहादुर बोहरा समेतको गरी ३९ किलो ५०० ग्राम चरेस बरामद गरेको थियो । तत्कालीन समयमा आइते धामी पक्राउ परेका थिए भने अन्य अभियुक्त फरार थिए । पछि विभिन्न समयमा निजहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो । निज अभियुक्तलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क)को कसुरमा सोही ऐनको दफा १४ (१) क) बमोजिम सजायका लागि मागदाबी रहेको थियो ।
गत भदौ २७ गते मुल्तबीबाट जगाई सो मुद्दाको असोज १० गते प्रतिवादीले सफाइ पाउने फैसला भयो । अभियुक्तले लामो समयपछि सफाइ पाएकाले सोही फैसलाबमोजिम बरामद गरिएको लागुऔषध नष्ट गरिएको जिल्ला अदालत बझाङका स्रेस्तेदार माधवप्रसाद लोहनीले जानकारी दिनुभयो ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...