३५ लाख रकमसहित दुई हुण्डी कारोबारी पक्राउ

३५ लाख रकमसहित दुई हुण्डी कारोबारी पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले हुण्डी कारोबारमा संलग्न दुई जनालाइ ३५ लाख रकमसहित न्युरोड र विशालबजारबाट पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा काठमाडौं नयाँ बानेश्वर बस्ने  सुनिल श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने  भरतबहादुर बस्नेत रहेका छन् ।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहले भने, बा ७ च २५६९ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा स्रोत खुलाउन नसकिएको रकमसहित बस्नेत पक्राउ परे ।

बस्नेतसंग अनुसन्धान गर्दा हुण्डिको रकम भएको र विशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्सचेञ्जका सञ्चालक सुनिल श्रेष्ठको पनि संलग्नता देखियो । एसएसपी सिहंले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.